साम्बा भन्छिन् – उज्वेकिस्तानसँगको नतिजाले पछिसम्म पिरोलिरहनेछ !

काठमाडौं : एएफसी एसियन कप छनोट २०२६ खेल्न उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएको हो ।

सोही क्रममा राष्ट्रिय टोलीकी सदस्य सावित्रा भण्डारी (साम्बा) ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताइन् । खेलमा नेपाली टालीको प्रस्तुति देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको उनी बताउँछिन् ।

साम्बाले भनिन्, ‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ । यसले सकारात्मक सन्देश दिएको छ । हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौँ ।’

साथै, प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सधैं सताइरहने पनि उनको भनाइ छ । ‘यो खेल एकदमै ठूलो अवसर थियो । राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर, राम्रो परिणाम दिन सकेनौ । यो कुराले सताइरहन्छ,’ साम्बा भन्छिन् ।

२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो ।

योसँगै उज्वेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो । नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार