नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं : नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन् ।

यी खेलहरू फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन्। यस मैत्रीपूर्ण खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछन्।

एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल मलेसिया, लाओस र भियतनामसँग परेको छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेल्दा दुवैमा पराजित भएको छ । नेपालको आगामी छनोट खेल अक्टोबर ९ मा भियतनामविरुद्ध उसैको मैदानमा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार