सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ : विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार र बुधबार तोलामा ३६ सय बढेको सुनको मूल्य आज पनि प्रतितोला चार सय रुपैयाँ बढेको हो। 

मूल्य बढेर आज सुन तोलाको एक लाख ९२ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको मूल्य बुधबार तोलामा एक हजार दुईसय र मंगलबार दुई हजार चारसय रुपैयाँ बढेको थियो।

Galaxy

हिजो सुनको मूल्य तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा थियो। सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार बढेको हो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँ बढेर आज चाँदीको मूल्य दुई हजार एकसय ७० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार