कञ्चनपुरमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न

कञ्चनपुर : कञ्चनपुरमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । असार पहिलो सातादेखि जिल्लामा कृषकहरूले धान रोपाइँ सुरु गरेकोमा हालसम्म ६० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरले जनाएको हो ।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ । जिल्लामा ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले जानकारी दिए ।

Seti Hospital

५९ हजार ६०२ हेक्टरभन्दा बढि धान खेतीयोग्य जग्गामध्ये ३२ हजार आठ सय हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको सूचना अधिकारी साउदले बताए ।

उनका अनुसार ३० प्रतिशतभन्दा बढि आकाशे पानीको भरमा खेती हुने गरेको कञ्चनपुरमा अहिले दैनिक तीन हजार हेक्टर जग्गामा धान रोपाइँ भइरहेको छ । केही दिन यता दिनहुँ पानी परेका कारण किसानहरुलाई धान रोपाइँको चटारो रहेको भीमदत्त नगरपालिका २ उल्टाखामका मानबहादुर कार्कीले बताए । नहरको सिँचाइ सुविधा पुगेका कारण बेलौरी नगरपालिका– ९ मा पनि धान रोपाइँ सकिएको कृषक गोपाल चौधरीले बताए ।

असार महिनाको सुरुवातसँगै पानी पर्न थालेपछि समयमै धान रोप्न किसानहरू व्यस्त रहेका छन् । मनसुन सक्रिय हुँदा यस वर्ष समयमै धान रोपाइँ भएकोसूचना अधिकारी साउद बताए । सिँचाइ सुविधा नपुगेको कृष्णपुर, लालझाँडी, बेदकोटमा धान रोपाइँ कम भएको उनको भनाइ छ । आवश्यकता अनुसार पानी पर्ने क्रम जारी रहे शतप्रतिशत खेतमा धान रोपाइँ हुने उनको अनुमान छ ।

जिल्लाको बेलडाँडी, बेलौरी, पुर्नवास र भीमदत्तमा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने पानीको अभावमा लाझझाडी, शुक्लाफाटा र कृष्णपुरमा २५ देखि ३० प्रतिशत मात्र धान रोपाइँ भएको उनको भनाइ छ । गत वर्ष ४८ हजार ४ सय ९६ हेक्टर जग्गामा रोपाइँ भए पनि एक लाख ९३ हजार नौ सय ८४ कुण्टल धान उत्पादन भएको थियो ।

कुल धान खेतीयोग्य ५९ हजार ६०२ हेक्टर जग्गामध्ये ३९ हजार ६ सय ८५ हेक्टरमा मात्र सिँचाइको सुविधा रहेको बताईएको छ । यस वर्ष पाँच सय ९१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा सिँचाइ सामग्री वितरण गरिएको साउदको भनाइ छ । जसले गर्दा यस वर्ष झण्डै ६ सय हेक्टर क्षेत्रफलमा बढी धान उत्पादन हुने अपेक्षा गरिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार