काठमाडौं : लिभरपुल तथा पोर्चुगलका स्टार डियागो जोटाको निधन भएको छ । कार दुर्घटनामा परेर उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेनको जामोरा नजिक भएको कार दुर्घटनामा जोटा र उनको भाइ आन्द्रेको मृत्यु भएको स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
मेडिकल इमर्जेन्सी युनिट (यूएमई)का अनुसार, उनीहरूलाई मोम्बेयु हेल्थ केयरमा पठाइएकामा दुवैको मृत्यु पुष्टि भएको हो । जोटाले दुई हप्ताअघिमात्रै प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए । यी दुईले पोर्टोमा विवाह गरेका थिए ।
लिभरपुलका फरवार्ड तथा लेफ्ट विंगर जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । त्यसअघि, उनले सन् २०२१८ देखि २०२० सम्म वुल्भ्सबाट खेलेका थिए । सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका जोटा त्यसयता पोर्चुगलको नियमित सदस्य रहँदै आएका थिए ।
प्रतिक्रिया दनुहोस्