कैलालीका अधिकांश पुरानो जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कैलाली : तराई तथा पहाडी जिल्लामा रहेका अधिकांश कारागार पुराना र जीर्ण अवस्थामा छन् । ती कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागार जीर्ण हुँदै गएको र कैदीबन्दीको चाप बर्सेनि बढ्दै जान थालेपछि सुरक्षाको दृष्टिकोणले समेत उनीहरू असुरक्षित हुन थालेका छन् । धेरै पुरानो र भौतिक संरचना जीर्ण अवस्थामा रहेका कारागारमध्ये कैलाली सदरमुकाम धनगढीस्थित कारागार पनि एक हो । ८५ वर्षअघि वि.सं. १९९७ मा तत्कालीन राणाशासनकालमा कैलालीमा कारागार स्थापना भएको हो । जुन जीर्ण हुँदै गएको छ । कारागारको क्षमता कम भएर बन्दी जीवन बिताउन असहज भए पनि कैदीबन्दी भने क्षमताभन्दा तेब्बररचौवरको संख्यामा बर्सेनि थपिने गरेका छन् ।

‘कैलाली कारागारको क्षमता डेढ सयदेखि बढीमा २ सय कैदीबन्दीका लागि हो,’ कैलाली कारागारका जेलर बोधबहादुर खत्रीले भने, ‘असार १७ मंगलबारसम्म कारागारमा ६७४ जना कैदीबन्दी रहेका छन्, जसमध्ये महिलाको संख्या ५७ रहेको छ ।’ कारागारको रेकर्ड अनुसार ८२ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिक कैद भुक्तान गरिरहेका छन् । नाबालिकलाई भने बाल सुधारगृहमा राख्ने व्यवस्था गरिएको जेलर खत्रीले बताए ।

Seti Hospital

कारागारमा कर्तव्य ज्यान, ज्यानसम्बन्धी कसुर, अपहरण र जबर्जस्ती करणी लगायतका गम्भीर प्रकृतिमा मुद्दामा सजाय पाएका कैदीदेखि मुद्दा फैसला नभइ पुर्पक्षका बन्दी छन् । कारागार स्रोतका अनुसार हालका वर्षमा लागूऔषध ओसारपसार, सेवन तथा कारोबार गर्ने अपराधमा संलग्न भएकाहरूको संख्या बढ्दो अवस्थामा छ । ‘हाल कारागारमा रहेका कैदीबन्दीमध्ये ५० प्रतिशत लागूऔषधसम्बन्धी अपराधमा पक्राउ परेका छन्,’ कारागारका एक कर्मचारी भन्छन्, ‘लागूऔषध ओसारपसार, कारोबार र सेवन गरेको अपराधमा पक्राउ परी कारागारमा रहेका बन्दीहरूमा महिलाको संख्या पनि बर्सेनि बढ्न थालेको छ ।’

कारागारको बन्दीगृहभित्र महिलाका २ वटा बेग्लै कोठा रहेका छन् । पुरुष कैदीबन्दीका लागि बेग्लै कोठा र हल रहेको छ । प्रायः सबै भुइँमै सुत्ने गरेका छन् । ४ बिघा क्षेत्रफलमा फैलिएको कारागार परिसर धनगढी बजार क्षेत्रको अलि होचो स्थानमा रहेको छ । वर्षायाममा भने कारागार आसपासको क्षेत्र जलमग्न हुने गरेको छ । वर्षाको पानी कारागारभित्रै पस्ने गरेको छ । सोमबारको भिषण वर्षाका बखत धनगढी बजार क्षेत्र पूरै जलमग्न र डुवानमा पर्दा कारागारको भित्रसम्म पानी पसेको थियो । ‘तर पूरै डुवानमा परेर बस्नै नसक्ने अवस्था भने छैन, कारागार जीर्ण अवस्थामा पुरानो भए पनि विभिन्न समयमा नियमित ममर्मतसम्भार हुने भएकाले कैदीबन्दीलाई बस्न बिजोगको अवस्था छैन,’ जेलर खत्रीले बताए ।

कारागारको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कारागार परिसरमा तैनाथ रहने गरेको छ । कारागार ऐनको व्यवस्थाअनुसार कैदीहरूको अनुपातका आधारमा २५ जनामा १ जना नाइके रहने व्यवस्था रहेको छ । कैलाली कारागारमा दैनिक सरकारी कामकाजका लागि जेलरसमेत ७ जना कर्मचारीको दरबन्दी रहेको छ ।

जेलर खत्रीका अनुसार कैलाली कारागारको हालको पुरानो संरचनाको ठाउँमा नयाँ आधुनिक भौतिक पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको छ । ‘नयाँ भौतिक पूर्वाधारका लागि ५४ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी विभागमा पठाइएको छ,’ जेलर खत्रीले भने, ‘नयाँ कारागार कहिले बन्छ, त्यो त थाहा भएन तर प्रक्रिया भने सुरु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार