राजनीतिमा दिशाहीनता, भविष्य गुमाउँदै गएको गाउँपालिका

डडेल्धुरा : आलिताल गाउँपालिकामा वर्तमान राजनीतिक अवस्था गम्भीर प्रश्नको रुपमा उभिएको छ। राजनीतिक नेतृत्वको दृष्टिविहीनता र नीतिविहीन अभ्यासले गाउँको समग्र भविष्य अध्यारोमा पार्ने खतरा बढ्दै गएको छ।

स्थानीय स्तरमा जनप्रतिनिधिहरूको बोलीमा राष्ट्रनिर्माणको संकल्प भन्दा विपक्षको विरोध बढी देखिन्छ। योजनाविहीन नारावाजी, आरोप–प्रत्यारोपमै सीमित गतिविधिले विकासको दिशा नदेखिएको नागरिकहरूको गुनासो छ।

Seti Hospital

समाजलाई रूपान्तरण गर्ने दीर्घकालीन नीति, युवालाई स्वरोजगार दिने कार्यक्रम वा शिक्षा सुधार जस्ता विषयहरू बिर्सिएझैं गरिएको छ। शक्ति सन्तुलन र पद जोगाउने खेलमा राजनीतिको ऊर्जा खेर गइरहेको स्थानीय बौद्धिक वर्गको टिप्पणी छ।

यही अवस्थाको परिणामस्वरूप, गाउँबाट युवाहरू वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्, श्रमिक वर्ग असन्तुष्ट छन्, र आम नागरिक राजनीति प्रति निराश छन्।

यदि यस्तै प्रवृत्तिहरू रोकिएनन् भने भोलिका पुस्ताले ठोस प्रश्न उठाउनेछन् , हामीले देश निर्माण गर्न योगदान गर्‍यौं कि केवल विघटनको निम्ति सहकार्य गर्‍यौं,अब पनि चेत नलिए, वर्तमानको भ्रमपूर्ण राजनीति र गाली,गलौजमुखी प्रवृत्तिले आलिताल मात्र होइन, समग्र मुलुकलाई पतनतर्फ डोहोर्याउने जोखिम देखिएको छ।

देश बनाउन “Productive National Vision” आवश्यक हुन्छ — प्रचारमुखी नाराहरूले होइन।

प्रश्न उठिरहेको छ , के हाम्रो राजनीति उत्पादन, रोजगारी र शिक्षाको विस्तारतर्फ अग्रसर छ
वा केवल दोषारोपण, प्रचार र प्रतिशोधमै सीमित रहन्छ?

राजनीतिक अनिश्चितताको असर प्रत्यक्ष रूपमा समाजमा देखिन थालेको छ। युवाहरू वैदेशिक रोजगारतर्फ लागिरहेका छन्, किनकि गाउँमा रोजगारी सिर्जना गर्ने योजना छैन। कृषिमा आधुनिकीकरणको अभाव, बजारको पहुँच नहुनु, र लगानी अभावले कृषक हतोत्साहित छन्।

शिक्षा क्षेत्रमा गुणस्तरको खस्कँदो अवस्था, आधारभूत पूर्वाधारको अभाव, र शिक्षामाथि ध्यान नपुगेका कारण विद्यार्थीको भविष्य अनिश्चित देखिन्छ।

संविधानले गाउँपालिकालाई नीति निर्माण, कार्यक्रम संचालन र विकास योजनाको जिम्मा दिएको भए पनि व्यवहारमा राजनीतिक प्राथमिकता पद र सत्तामोहमै सीमित भएको छ। यसले गर्दा पारदर्शिता घटेको छ,जनताको सहभागिता घटेको छ, र अन्ततः जनप्रतिनिधिमाथिको भरोसा कमजोर बन्दै गएको छ। “हामी बाँच्न चाहन्छौं, देश बच्न चाहन्छ” भन्ने जनताको सपना अझै अपूरो छ। तर देशलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी बोकेका केही सत्तामा बसेका भ्रष्ट व्यक्तिहरूले जनताको पसिना, सपना र भविष्यलाई आफ्नो दरबार सजाउन प्रयोग गरिरहेका छन्।

सार्वजनिक सेवा, विकास र सुविधाका लागि कर त जनताले तिर्छन्, तर त्यसको सुविधा भने केही सीमित स्वार्थी समूहले उठाइरहेका छन्। यस्ता भित्री लुटेराका कारण देश विकासको बाटोमा अघि बढ्न नसकेको जनगुनासो छ।

अब चुप बस्ने समय बितिसकेको भन्दै नागरिकहरूले भ्रष्टाचारविरुद्ध जागरुक हुन आह्वान गरेका छन्। “अब आवाज उठाऔं, प्रश्न गरौं, लेखौं, बोलौं र भोलिका पुस्ताका लागि न्यायपूर्ण राष्ट्र बनाऔं,” उनीहरूले बताएका छन्।

जनस्तरबाटै भ्रष्टाचारलाई अस्वीकार गर्दै सवाल(जवाफ गर्ने संस्कृतिको विकास नगरेसम्म देशको समृद्धि सम्भव नहुने आवाज उठ्न थालेको छ।

समाधान के हुनसक्छ?

अबको आवश्यकता भनेको दीर्घकालीन “Productive National Vision” हो —

स्थानीय स्रोतको अधिकतम उपयोग,

युवाको सीप र श्रमलाई सदुपयोग गर्दै स्वरोजगार केन्द्रित योजना,

शिक्षामा गुणस्तर सुधार,

कृषिमा प्राविधिक हस्तक्षेप र बजार पहुँच,

र सबैभन्दा महत्वपूर्ण — राजनीतिक जवाफदेहीता र पारदर्शिता।
राजनीति जनताका लागि हुनुपर्छ, नेताका लागि होइन। यदि हामी अहिले नजाग्ने हो भने, भोलिको पुस्ताले इतिहास लेख्नेछ —
नेता थिए, योजना थिएन। अवसर थिए, सदुपयोग भएन। देश थियो, तर दिशाहीन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार