श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ मा एक परिवर्तन

काठमाडौं : उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालले लाओससँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । सरु लिम्बुको ठाउँमा प्रीति राई टिममा आएकी छन्।

Seti Hospital

गोलकिपरमा अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, गिता राना र निशा थोकर छन् ।

मिडमा प्रीतिसँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । रेखा पौडेल र एन्जिला सुब्बा फेरि पनि पहिलो रोजाइमा नै परेनन् ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।

यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार