नेपालका दुई खेलाडी भुटानको चर्चित क्लब थिम्पु सिटी एफसीमा आबद्ध

काठमाडौं : अञ्जली चन्द र सबिना चौधरीले भुटानको क्लबबाट खेल्ने भएका छन्। नेपालको यू-२० राष्ट्रिय टोलीबाट खेलिसकेका दुवै भुटानको चर्चित क्लब थिम्पु सिटी एफसीमा आबद्ध भएका हुन्। 

उनीहरूले बीओबी भुटान महिला राष्ट्रिय लिग २०२५ मा प्रतिस्पर्धा गर्नेछन्। यी दुई खेलाडीले अक्टोबर २०२५ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन्।

Galaxy

थिम्पु सिटी एफसी हाल लिग तालिकामा गोलअन्तरको आधारमा चौथो स्थानमा छ र उसले आफ्ना सुरुवाती दुवै खेलमा जित हात पारेको छ। क्लबले दुवै खेलाडीलाई व्यावसायिक सम्झौताअनुसार आउने-जाने हवाई टिकट, पूर्ण आवास सुविधा र मासिक तलब उपलब्ध गराउनेछ। वर्क परमिट र भिसा लगायतका सबै आवश्यक कागजी प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।

अञ्जलीले मिडफिल्डर/विङ्गरको रूपमा खेल्नेछिन् भने सबिना चौधरीले राइट-ब्याक/डिफेन्डरको रूपमा खेल्नेछिन्। फुटबल एजेन्ट तथा प्रशासक नबिन चित्रकारले दुवैको सम्झौतामा काम गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार