सुनको मूल्यमा आज पनि गिरावट

काठमाडौँ : सुनको मूल्यमा आज पनि गिरावट आएको छ। मंगलबार प्रतितोला एक हजार सातसय रुपैयाँले घटेको सुनको मूल्य आज एक हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेर आज सुन तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको छ। 

हिजो सुनको मूल्य एकलाख ९३ हजार पाँचसय रुपैयाँ थियो। गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार प्रतितोला पाँचसय रुपैयाँ बृद्धि भएको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार