नेप्से सामान्य अङ्कले बढ्यो !

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ। चार दशमलव ७८ अङ्कले बढेको नेप्से आज २६०० दशमलव ७६ बिन्दुमा पुगेर थामिएको छ।

आज ३२५ कम्पनीका १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ पुगेको छ।

Galaxy

उपसमूहतर्फ केही समूहमा गिरावट देखिए पनि अधिकांश समूहमा हरियाली देखिएको छ। विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको सूचकमा सामान्य गिरावट आयो। सबैभन्दा धेरै व्यापार समूहको सूचक २.२० प्रतिशतले उकालो लाग्यो।

बैंकिङ समूह ०.१५ प्रतिशत, वित्त ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.९० प्रतिशत, जलविद्युत् ०.४२ प्रतिशत, लगानी ०.३७ प्रतिशत र लघुवित्त समूह ०.०१ प्रतिशतले बढे।

जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो। अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै सबैभन्दा धेरै घट्ने कम्पनी बन्यो।
कारोबार रकमका हिसाबले आज राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ५२ करोड १८ लाख ५९ हजार ८६६ रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा बढी ८ लाख ३१ हजार ४८१ कित्ता शेयर किनबेच भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार