सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

सुर्खेत : सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने नौ जना घाइते भएका छन् । शनिबार राती चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको हो । 

दुर्घटना परि पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Seti Hospital

ट्याक्टरमा चालकसहित ११ जना सवार रहेको ट्याक्टर दुर्घटनामा परेको दुई जनाको मृत्यु भएको र तीमध्ये तीन जना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनार बताए । 

उनले बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार