देशभर मनसुनी वायु सक्रिय, चार प्रदेशमा भारी वर्षा

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अहिले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित विभिन्न स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र देशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।

Seti Hospital

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा सम्भावित भएकाले नदीमा जलसतह बढ्ने, बाढी आउन सक्ने, पहिरो र भूक्षयको जोखिम रहेको उल्लेख गर्दै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार