उच्चको आदेशसँगै महानगर पुगेर काममा खटिए राजुनाथ पाण्डे

काठमाडौं : काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका छन् । उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

Seti Hospital

निलम्बित प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा मंगलबार निवेदन दर्ता गराएका थिए । यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार