काठमाडौँ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज घटेको हो ।
आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्