अस्पतालबाट डिस्चार्ज भएको दुई दिनमै परीक्षा दिन पुगिन् गायिका रिमाल

काठमाडौं : लोकप्रिय गायिका रचना रिमाल जेठ २७ गते अचानक विरामी परिन् । उनी सांगीतिक कार्यक्रमका लागि रुकुम पुगेकी थिइन्, जहाँ उनलाई अत्यधिक पेट दुखेपछि त्यहाँको अस्पतालले एपेन्डिक्सको अपरेशन गर्नु पर्छ भन्यो ।

त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर ह्याम्स अस्तपतालमा उपचार गराएर दुई दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएकी गायिका रिमाल आज असार ४ गते बुधवार भने परीक्षा दिन काठमाडौंको एउटा परीक्षा केन्द्र पुगेकी छिन् ।

Seti Hospital

आजदेखि प्रारम्भ भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षा दिन उनी कीर्तिपुर पुगेकी हुन् । उनले आफूले सोचेजस्तो तयारी पुरा गर्न नसके पनि राम्रो गर्ने प्रयास गर्नेछु भन्दै परीक्षा दिन परीक्षा केन्द्रमा जान लागेको तस्विर शेयर गरेकी छिन् ।

गायिका रिमाललाई उनका फ्यानहरुले उत्कृष्ट नम्बर ल्याउनका लागि शुभकामना दिइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार