नेप्से फेरि ओरालोको यात्रामा, कारोबार रकम पनि घट्यो

काठमाडौं : आज बुधबार शेयर परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार बढेको बजार आज १३.६९ अंकले घटेर २ हजार ६६४.४७ विन्दुमा झरेको छ । 

यस दिन कारोबार रकम पनि घटेको छ । ८ अर्ब २८ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ४८ हजार ६९५ कित्ता शेयर कारोबार भएको छ । जसमा सबैभन्दा धेरै राँधि विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

Seti Hospital

१७० वटा कम्पनीको मूल्य घट्दा ७७ कम्पनीको मूल्य बढेको छ । जसमा पियोर इनर्जी र सीनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस उपसमूहकको परिसूचक १.१३ प्रतिशतले वृद्धि हुँदा अन्य सबै परिसूचक घटेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार