भेरी नदीमा बगेका तिनै जना बालबालिकाको शव भेटियो !

सुर्खेत : भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए । बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ ।

 बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका-७, चापाखोला नजिक फेला परेको छ । उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Seti Hospital

उनका अनुसार नलगाड नगरपालिका-८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो । सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए । भेरी किनाराको बस्ती मन्मैमा हुर्के बढेका उनीहरू शुक्रबार पहिलो पटक भेरीमा पसेका भने होइनन् । उनीहरू पहिलेदेखि नै पौडी खेल्न जाने गर्दथे । तर, शुक्रबार तीनै जना भेरीमा हेलिए ।

सुरुमा आशाका भाइ महेश बगेका थिए । महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए । अन्ततः तीनै जना बगेको जाजरकोट प्रहरी प्रमुख डीएसपी शर्माले बताए ।नदीमा तीन बालबालिका बगिरहेको भन्ने सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो ।

प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्‍याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए । महेशको शव बगेको ठाउँबाट झन्डै ९ सय मिटर दक्षिणबाट बेलुका चार बजेतिर फेला परेको थियो ।

घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो । उनीहरू बगेको स्थान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बजार र जाजरकोटको नलगाड नगरपालिका- ८ को मन्मैमा तरामा पर्दछ । उनीहरू जाजरकोट क्षेत्रको मन्मैमा बस्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार