हाइसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार दिउँसो घोडाघोडी नगरपालिका–१ टनकपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको हो।

SHIKHAR COOL TECH

दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१ का राजेश चौधरीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहका अनुसार भे १ ज १४७६ नम्बरको पिकअप हाइसले से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हाइस चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार