काठमाडौं : भारतमा जारी साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज समूहको दोस्रो खेलमा भारतविरुद्ध खेल्दैछ ।
भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली स्टेडियम, युपियामामा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
समूह बी बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यस खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
भारतले पहिलो खेलमा श्रीलंकालाई ८-० ले पराजित गरेको थियो भने नेपालले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो भने नेपाल र भारत एक खेल अगावै अन्तिम चारमा पुगेका छन् ।
यस उमेर समूहमा भारत तीन र नेपाल दुई पटकको च्याम्पियन बनेका छन् ।
समूह ए बाट साविक विजेता बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब आज हुने भुटान र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको पनि टुङ्गो लाग्नेछ ।
भुटान र माल्दिभ्स बीचको खेल दिउँसो ४:१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
प्रतिक्रिया दनुहोस्