नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन

काठमाडौँ : नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।

दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनिया पक्राउ परेका थिए ।

Galaxy

भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चिनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।

दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावसको सूचनामा भनिएको छ.’कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार