काठमाडौं : काठमाडौंको तीनकुनेमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले त्यही दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोटरसाइकलको पछाडि सवार २३ वर्षीया नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा निधन भएको छ। उनी नुवाकोटकी स्थायी बासिन्दा हुन् र हाल ललितपुर, धोबीघाटमा बसोबास गर्दै आएकी थिइन् ।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर , भ्यान चालक ३५ वर्षीय रत्न बहादुर सार्की र बसमा सवार २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ । बस चालक ५९ वर्षीय रामकुमार खड्का प्रहरीको नियन्त्रणमा छन् ।
दुर्घटनासँग सम्बन्धित सवारी साधनहरू बानेश्वर प्रहरी वृत्त र ट्राफिक महाशाखा रामशाहपथमा राखिएको छ।
प्रतिक्रिया दनुहोस्