काठमाडौं : सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अंकले घटेर २६२२.६५ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार पनि नेप्से ८.१४ अंकले घटेको थियो । त्यसअघिका दुई कारोबार दिन पनि नेप्से दोहोरो अंकले ओरालो लागेको थियो ।
आइतबार नेप्सेमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बुधबार भने नेप्सेमा कुल ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दनुहोस्