नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

 काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।

Seti Hospital

खासमा उनी बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर पार्टी एकता घोषणा रहेकाले उनी अस्पतालबाटै कार्यक्रममा उपस्थित भएकी थिइन् ।

कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए । पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् । राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो।

त्यसपछि उनी आज बिहान पुन: उपचारका लागि ग्रान्डीमा भर्ना भएको उनको स्वकीय सचिव भक्त चलाउनेले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार