काठमाडौं : रौतहट प्रहरीले जिल्लामा एउटा कारुणिक हत्या काण्डको पर्दाफास गरेको छ।
किशोरको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा फेला पारेको थियो।
प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुयाई गोली हानी हत्या गरिएको थियो। रौतहट प्रहरीका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ।
बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटियो।
उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ।
प्रतिक्रिया दनुहोस्