शिक्षकबारे महेश बर्तौलाको आरोप- प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरे

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजान गरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।

Seti Hospital

उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गरे । 

बर्तौलाले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल समेत गरे । बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताए ।  

उनले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानून बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार