ज्वाइँले गरे सासुको हत्या

इलाम : इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन्।

माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया  भूमिका चापागाईँको हत्या गरेका हुन्। हिजो बेलुका दुलालले चापागाईँको टाउकोमा हतियार प्रहार गरी घाइते बनाएका थिए। घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताए। 

SHIKHAR COOL TECH

दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ। केही समय अघि  मुद्दाकै क्रममा अदालत पुगेका दुलाल र चापागाईँ बिच पनि अदालत परिसरमा विवाद भएको थियो।  हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार