दानव नदीमा बेपत्ता भएका तीनै बालकको शव फेला

काठमाडौं : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै बालकको शव फेला परेको छ । सोमबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय राज यादवको शव त्यही दिन भेटिएको थियो भने अन्य दुई बालक १३ वर्षीय उमेश यादव र १२ वर्षीया मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको हो ।

बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली सोमबार राति नै घटनास्थलमा खटाइएको थियो । गोताखोर टोलीले मंगलबार बिहान बाँकी दुई बालकको शव निकालेकाे हाे । बालकहरू स्थानीय हुन् ।

Seti Hospital

घटनाले स्थानीय बासिन्दालाई निकै मर्माहत बनाएको छ । सुरक्षा निकायले गर्मीयाममा नदी र खोलामा पौडी खेल्दा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार