काठमाडौं : मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित भएको छ । शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन सकेको छैन ।
आइसीसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ । प्रतिस्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ ।
समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ । आजको खेल जित्ने टोलीले सन् २०२५ मा हुने आइसीसी यु–१९ विश्वकपमा स्थान पक्का गर्नेछ ।
जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन् ।
प्रतिक्रिया दनुहोस्