सुनको मूल्य प्रतितोला १ लाख ९० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Seti Hospital

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार