गोली प्रहार घटनामा, संलग्न तीनजना पक्राउ

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए। उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ। 

SHIKHAR COOL TECH

 एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन्। पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उहाँले जानकारी दिए।

घटनामा ६ जनाको संलग्नता रहेको थियो। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए। गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार