यस्तो छ दोस्रो डिभोर्सबारे अरुणिमा लम्सालको बयान

काठमाडौ : अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएकी छिन्। केही समयअघि देखि उनको विवाह पनि संकटमा परेको भन्ने समाचारहरू बाहिर आइरहेको थियो। सो कुरालाई लम्सालले स्वीकारेकी छिन्।

नेपाल आएकी अरुणिमाले विभिन्न सञ्चारमाध्यमले लिएको अन्तर्वार्तामा आफूले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएकी हुन्। तर पति श्रेष्ठ सम्बन्धविच्छेदका लागि सहमति नभएको पनि उनले बताएकी छिन्।

‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिङ्गल नै बस्छु भनेर यो निर्णय लिएँ। सम्बन्धविच्छेदको मुद्दा दायर गरेको ७,८ महिना भइसक्यो। तर उहाँले मान्नुभएको छैन। किन मान्नुभएन भन्ने कुरा मलाई थाहा छैन’ उनले भनिन् ।

उनले ५ महिनादेखि युवराजसँग कुराकानी नभएको पनि बताइन् । युवराजले आफूसँग विवाह गर्नुको उद्देश्य अमेरिका जानु मात्र रहेको आरोप उनको छ ।

२०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए ।

छोटो समयको चिनजानपछि परिवारको पहलमा भएको यो विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन् । विवाहपछि पनि आफू अहिलेसम्म युवराजको मूल घरमा समेत नगएको अरुणिमा बताउँछिन् ।

युवराजले भने अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार