जाजरकोट केन्द्रबिन्दु भएर अर्को भूकम्प

जाजरकोट : जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् ।

पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युटको भूकम्प गएको हो । लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार