आईजीमाथि राजनीतिज्ञको ‘हेट स्पिच’का साइड इफेक्ट

काठमाडौँ : अनुकूलतामा प्रसंशा र प्रतिकूलतामा घृणाको भाषण (हेट स्पिच)गर्ने नेपाली राजनीतिज्ञले भविष्यको रुपरेखा कसरी कोर्नेछन् त्यो परिकल्पना गर्न नै कठिन होला जस्तो भयो।

यस बर्ष दुई हेट स्पिच देखेर अचम्मित हुने स्थिति आयो। खासगरी नेपाल प्रहरीका महानिरिक्षक (आईजी)हरूमाथि प्रतिकूलताका हिसाबमा गरिएका भाषणबाजी राजनीतिज्ञको मनपरीतन्त्रको आयतनका रुपमा टिप्पणीकार व्याख्या गर्न चहान्छ। 

Seti Hospital

सरकारका मन्त्री समेत रहेका पृथ्वी सुब्बा गुरुङले यसअघिका आईजी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्छ भन्ने अभिव्यक्ति दिए। 
किन?

तालुकदार गृह मन्त्रालय चलाइरहेका रास्वपा सभापति रवि लामिछानेको आदेशानुसार राज्य व्यवस्था समितिमा कुँवरले बयान दिएको कारण देखाउँदै गुरुङ उत्तेजित भए। 

यो उत्तेजनाको बैठान प्रधानमन्त्री केपी शर्मा ओलीको चेतावनीका आधारमा भयो। अनि, लामिछाने पक्राउ गरिएपछि त्यो गुरुङका लागि अनुकूलता भयो? 

कुन संस्कारमा हिँडिरहेको छ राजनीति भन्ने यो प्राथमिक उदाहरण थियो। 

अर्को उदाहरण राप्रपाको बिरोध सभामा त्यसका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति हो। चैत २६ गते गरेको सभामा कार्यकर्ताको भिडमाझ उनले आईजी दीपक थापालाई संगीन आरोप लगाए। उनले भने,‘आईजी त युवा संघको सह–अध्यक्ष रहेछन्।’

यसले भिडलाई उत्तेजित बनाउने काम त गथ्र्यो नै तर यत्तिको शालिन स्वभाव भएको नेताको मुखबाट निस्किएको हेट स्पित परिकल्पना गर्न लायक थिएन।

लिङ्देनलाई टिप्पणीकार स्पष्टताका साथ भन्न चहान्छ– त्यो आपत्तिजनक थियो। फिर्ता लिने काम गरियोस्। 

नेपाल प्रहरी जनतासँग प्रत्यक्ष जोडिने सरकारको सबैभन्दा नजिकको इकाई हो। कुनै पनि आईजीमाथि गरिने राजनीतिक ‘हेट स्पिच’ ८० हजार नेपाल प्रहरीको कमान्ड गरेका प्रमुखमाथिको प्रहार मात्र होइन। प्रत्येक कर्तव्यनिष्ठ प्रहरी कर्मचारीमाथिको प्रहार हो भन्ने अर्थ राख्छ। 

मार्टिन लुथर किङ जुनियरले भनेका छन्,‘घृणाले घृणालाई हटाउन सक्दैन; प्रेमले त्यो गर्न सक्छ।’ राप्रपा अध्यक्ष लिङ्देनले पनि भिड जम्मा पारेर सुरक्षाका निम्ति कर्तव्य पालना गरेका सुरक्षाकर्मीमाथि घृणाको होइन, प्रेमको भावलाई बलियो बनाएको भए अझ राम्रो हुने थियो। 

आज जुन सत्ताको निर्देशमा प्रहरी चल्नु परेको छ भोली राप्रपा सत्तामा आउँदा उसको निर्देशनमा चल्ने चेन अफ कमान्डको संस्था भएका कारण घृणायुक्त भाषाको प्रयोग नगरेको राम्रो। यो आपत्तिजनक नै ठहर्छ। जसरी नेपाल प्रहरीका आईजी दीपक थापामाथि लिङ्देनको घृणायुक्त भाषण थियो यो उत्पादक मान्न सकिन्न, कुनै कोणबाट पनि।

कुनै पनि व्यक्तिले संस्थाको प्रतिनिधित्व गरिरहेको हुन्छ भने हेयको भावना नराखेको उचित हुन्छ। कोही पनि अर्को व्यक्तिलाई उसको छालाको रंग, वा उसको पृष्ठभूमि, वा उसको धर्मको कारणले घृणा गर्दै जन्मिएको हुँदैन। मानिसहरूले घृणा गर्न सिक्नुपर्छ, र यदि तिनीहरूले घृणा गर्न सिक्न सक्छन् भने, तिनीहरूलाई प्रेम गर्न सिकाउन सकिन्छ, किनकि प्रेम मानव हृदयमा यसको विपरीत भन्दा बढी स्वाभाविक रूपमा आउँछ। राजेन्द्र लिङ्देनले यसको पनि हेक्का राख्न आवश्यक देखियो।

लिङ्देनलाई हेट स्पिचका साइड इफेक्टका विषयमा केही जानकारी गराऔं। 

घृणायुक्त भाषणका साइड इफेक्टहरू गम्भीर र बहुआयामिक हुन सक्छन्। ती प्रभावहरू व्यक्तिगत, सामाजिक र राजनीतिक तहसम्म देखिन्छन्। 
लक्षित व्यक्तिमा डर, तनाव, आत्मविश्वासको कमी, र डिप्रेशनको भावना उत्पन्न हुन सक्छ।

घृणायुक्त भाषणको कारण व्यक्तिहरू आफूलाई अलग महसुस गर्न सक्छन्, जसले गर्दा उनीहरूको सामाजिक सम्बन्ध कमजोर हुन्छ।

जात, धर्म, लिङ्ग, भाषा वा यौनिकताका आधारमा फैलाइएको घृणाले विभिन्न समुदायबीच द्वन्द्व र विभाजन ल्याउन सक्छ।

सहिष्णुता, सहकार्य र समझदारीमा कमी आउँछ, जसले समाजमा द्वेष र असहिष्णुता बढाउँछ।

घृणायुक्त भाषणले राजनीतिक रूपमा समाजलाई विभाजित गर्न सक्छ। नेताहरूले यो कुरालाई उपयोग गरी मानिसहरूलाई एकअर्काविरुद्ध उक्साउन सक्छन्।

इतिहासमा धेरै हिंसात्मक घटनाहरू घृणायुक्त भाषणपछि भएका छन् (जस्तैः जातीय दंगा, साम्प्रदायिक हिंसा)।

धेरै देशहरूमा घृणायुक्त भाषण अवैध हुन्छ, र त्यसले कानुनी दण्डको कारण बन्न सक्छ।

डिजिटल बुलिङ्ग र ट्रोलिङ्गः इन्टरनेट र सामाजिक सञ्जालमा घृणायुक्त भाषा प्रयोग हुँदा साइबरबुलिङ्ग र ट्रोलिङ्ग बढ्छ।

धेरैपटक घृणायुक्त भाषणहरू झूठा वा भ्रामक जानकारीमा आधारित हुन्छन्, जसले समाजमा भ्रम फैलाउँछ।

यसर्थ कुनै पनि भाषण गर्दा एउटा जिम्मेवार राजनीतिक दलका प्रमुख नेताले यस्ता जोखिमको अध्ययन र क्षतिको सम्भावनालाई ध्यान दिनुपर्छ कि पर्दैन?

त्यहाँमाथि एउटा सुरक्षा अंगको प्रमुख भनेको व्यक्ति मात्र होइन त्यो संस्था पनि हो भन्ने मानकलाई बिर्सनु हुन्न। चेन अफ कमान्डमा चल्ने संगठनको प्रमुख नै संस्था भएका कारण आजपर्यन्त हेक्का राखेको राम्रो हुनेछ। यसका जोखिमलाई ध्यान दिइयोस्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार