काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्