तीनकुने घटनामा ज्यान गुमाएका सुरेश र सविनको परिवारलाई भाटभटेनीको सहयोग

काठमाडौं : काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ।

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी आज (मंगलबार) चेक हस्तान्तरण गरेका हुन्। तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई युवाको ज्यान गएको थियो । एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचल निवासमा पुगेर गुरूङले पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Seti Hospital

चेक हस्तान्तरणका क्रममा गुरूङले चैत १५ दिनमा काठमाडौंमा प्रदर्शनमा उत्रिएको अराजक समूहले आफूहरुको स्टोरमा पनि क्षति पु¥याएको स्मरण गर्दै दुःखको यो घडीमा साथ दिन उपस्थित भएको बताएका थिए। त्यसैगरी कीर्तिपुरका सविन महर्जनको निवासमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । महर्जन परिवारको आग्रहअनुसार गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमै जागिरको प्रबन्ध गरिदिने बताएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार