तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

तीनकुने घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको कीर्तिपुरस्थित घरमा पुगेर परिवारका सदस्यहरूसँग मेयर बालेनले सो कुरा बताएका थिए ।

Seti Hospital

चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका बीच प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

मेयर बालेनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। मंगलबार मेयर शाह महर्जनको घरमा पुगेका थिए। व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नहुने मेयर बालेनले बताए ।

राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो।

प्रहरी सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले व्यक्तिगत घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार