रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं : आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ ।

काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तिसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको भीड रहेको छ । चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।

Seti Hospital

सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । आज विशेष गरेर जनकपुर धाममा रामनवमी पर्व मनाइँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार