वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

वीरगञ्ज : वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो। यसैगरी, चार अर्ब ८८ करोड बराबरको जुस र तीन अर्ब ६८ करोड मूल्य पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार