काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्