एकैदिन ६ अर्बले बढ्यो बैंकिङ निक्षेप

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप बढेको  छ । 

केन्द्रीय बैंकको फागुन २८ र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ६ अर्बले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार फागुन २८ गते ६७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट ६७ खर्ब ६४ अर्ब रुपैयाँ संकलन भएको छ ।

khadya

यस्तै सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्बको वृद्धि देखिएको छ । २८ गते ६० खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेका छन् ।

सो समयमा कर्जा प्रवाहमा भने १ अर्बको गिरावट देखिएको छ । २८ गते ५४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार