नेप्से परिसूचक दोहोरो अंकले घट्यो !

काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो। 

यसदिन ३०० स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भयो। यसैगरी दिब्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बैंक र हिमालयन रिइन्सुरेन्सको सेयर पनि बढेको छ। 

यसदिन समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको एक अर्ब ३८ करोड बढीको सेयर कारोबार भयो। 

५ समूहको सूचक बढेका छन्। आज अदर समूहको  उपसूचक १.६८ प्रतिशतले बढ्यो। आज होटल उपसमूहको सेयर भने १.८८ प्रतिशतले घटेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार