सेयर बजारमा डेढ घण्टामै ६ अर्बको कारोबार, नेप्से नाघ्यो २९ सय

काठमाडौं : सेयर बजारमा सोमबार डेढ घण्टामै ६ अर्बको कारोबार भएको छ । १२ : ३० बजेसम्म ६ अर्ब ८ करोडको कारोबार भएको छ ।

यस हिसावले आजको कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्ने अनुमान छ । अघिल्लो दिन कुल १४ अर्ब २५ करोडको कारोबार भएको थियो । १२ : ३० बजेसम्म नेप्से परिसूचक २१ अंक बढेर २९११ अंकमा कायम भएको छ ।

यो समयसम्म ११५ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १४ को स्थिर देखिएको छ । जीवन बीमा र अन्य सेक्टरमा आकर्षण देखिएको छ । यी दुई सेक्टर २ प्रतिशतभन्दा धेरै बढेका छन् । कारोबारको सुरुवाती चरणमा होटल तथा पर्यटन र हाइड्रोपावर सेक्टर झिनो अंकमा रातो देखिएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, नारायणी डेभलपमेन्ट बैंक र एचआईडीसीएल क्रमशः अगाडि देखिएका छन् । एउटा कम्पनी गार्डियन माइक्रोलाइफको मूल्य १० प्रतिशत बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार