विवाहको तयारी गरिरहेका दुलाहाको मोटरसाइकल दुर्घटनामा मृत्यु

बाँके : बाँकेको राप्तीसोनारी ७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रबार साँझसम्म खुसीको माहोल थियो। विवाहको तयारी अन्तिम चरणमा पुगेको थियो, तर शनिबारका लागि जन्ती भारत जान तयारीमा रहेका पासीको घरको खुशी शोकमा परिणत भयो।

शुक्रबार राति करिब ७ बजेतिर अर्जुन पासीले चलाएको कालो पल्सर मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको ट्याक्टरले ठक्कर दिँदा पासी गम्भीर घाइते भए। प्रहरीको सहयोगमा उनलाई भेरी अस्पताल पुर्याइयो, जहाँ साढे आठ बजेतिर उनको मृत्यु भयो।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेका छन् । जबकि ट्याक्टर मालिक सम्पर्कमा आएको छन् । दुर्घटनाबारे अनुसन्धान जारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार