भाइरल भएकाे केही दिनमै राधिकाको निधन

काठमाडौं : टिकटक र फेसबुक रिल्समा चर्चित मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा निधन भएको हो ।

कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्, र २०८१ फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

khadya

राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । 

उनले मादल बजाएर ‘नशा नशामा रगत रगतमा..’ भन्ने गीत गाएकाे भिडियाे भाइरल बनेकाे थियाे । उनकाे उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए । 

राधिकाको निधनले कला प्रेमीहरू शोकमा छन् । सामाजिक सञ्जालमा उनका गीत तथा भिडियोहरू अझै पनि चर्चामा छन् ।  राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् । जोगेन्द्रको पहिलो श्रीमती अझै पनि उनको घरमै छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार