कारको ठक्करबाट तनहुँका पैदल यात्रीको मृत्यु

तनहुँ : तनहुँमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका–५ गल्छिनास्थित सडकमा ग ३ च १६५४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कारले आइतबार साँझ ठक्कर दिँदा  घाइते भएकी उनको जीएमसी अस्पताल पोखरामा थप उपचारका क्रममा गएराति मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार