डोजरले ढुंगा खसाल्दा ६ वर्षका एक बालकको मृत्यु

मुगु : मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ।

हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न्।

Seti Hospital

उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छ्न। घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ। अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार