प्रधानमन्त्री कप-२०२५को तालिका सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ को तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुनेछन् । प्रतियोगिताका खेलहरू भैरहवास्थित सिद्धार्थ रंगशाला, एक्ट्राटेक ओभल र दाङस्थित लमही क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोसी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।

khadya

प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।

Pm-cup-1740132837.png

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार