काठमाडौं : धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक २९.८७ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा बन्द भएको हो ।
आज १० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त,, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, व्यापार र हाइड्रोपावर समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ ।
प्रतिक्रिया दनुहोस्