गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर : भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन्। 

चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। 

Galaxy

उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार